१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ भदौ ११ शुक्रबार २०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डाक्टरलाई मोसो दल्ने दुई विद्यार्थी नेतालाई एमालेद्वारा कारबाही   

Read Time : < 1 मिनेट
२०७८ भदौ ११ शुक्रबार २०:१९:००

नेकपा एमाले  दाङले  राप्ती प्रादेशिक  अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. विनोद सिंहलाई मोसो  दल्ने  दुईजनालाई  साधारण सदस्यसमेत  नरहने  गरी कारबाही  गरेको छ ।  शुक्रबार दिउँसो  पौने २  बजेतिर  डा. सिंहमाथि  मासो  दल्ने एमालेनिकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई कारबाही  गरिएको हो । 

एमाले  दाङका  अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव  मनोहर बुढाथोकीले एक विज्ञप्ति जारी गरी डा. सिंहमाथि मोसो  दल्ने कार्यप्रति निन्दा गर्दै  कानुनबमोजिम  कारबाहीको माग गरेका  छन् । 

संयोजक परियारकी श्रीमतीलाई टाइफाइडको उपचारका लागि बिहीबार प्रादेशिक अस्पतालमा लगिएको  र अस्पतालमा कल्चर  चेकजाँचको सेवा नभएपछि  मेसु सिंहसँँग विवाद सिर्जना भएको थियो । डा. सिंहले  अस्पतालमा कल्चर सेवा नै नभएकाले  त्यो  सेवा प्रदान  गर्न नसकिने  बताएका थिए । त्यसपछि शुक्रबार चार–पाँचजना युवाले कार्यकक्षमै आएर  मोसो दलेर भागेका थिए  ।