१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ भदौ ११ शुक्रबार १९:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली सेनाको प्रधानसेनापतिमा  प्रभुराम शर्मा नियुक्त

Read Time : < 1 मिनेट
२०७८ भदौ ११ शुक्रबार १९:२०:००

नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा  शर्मालाई नियुक्त गरेकी हुन् । 

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । उनी  ४४औँ प्रधानसेनापति हुन् । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिँदै छ । कायममुकायम प्रधानसेनापति शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।