मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ११ शुक्रबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपहिरो प्रभावितका लागि भारत सरकारद्वारा राहत सामग्री हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ११ शुक्रबार १६:५३:००

भारत सरकारले नेपालका १५ जिल्लाका बाढीपहिरो प्रभावितका लागि आर्थिक सहयोगस्वरूप आठ करोडबराबरको राहत सामग्री हस्तान्तरण गरेको छ। भारत सरकारको तर्फबाट मिसन उपप्रमुख नामग्या खम्पाले नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई राहत सामग्री हस्तान्तरण गरेकी हुन्।

१५ जिल्लाका बाढीपहिरोबाट प्रभावित परिवारका लागि टेन्ट, प्लास्टिक सिट, स्लिपिङ म्याट र औषधिहरू राहतस्वरूप उपलब्ध गराउन लागिएको हो।

नेपाल–भारत महिलामैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषदमार्फत स्थानीय सरकारसँगको समन्वयमा राहत सामग्री पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने बताइएको छ।