१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ११ शुक्रबार १४:५७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा उग्रवादी समूहद्वारा सात ट्रकमा आगजनी, जलेर पाँच चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ११ शुक्रबार १४:५७:००

भारतको आसाममा उग्रवादी समूहले सातवटा ट्रकमा आगजनी गरेको छ। बिहीबार राति भएको यो घटनामा उनीहरूले ट्रकसहित पाँचजना चालकलाई जिउँदै जलाएका भारतको दैनिक पत्रिका भास्करले जनाएको छ।

उनीहरू पाँचैजनाको जलेर घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। आगजनीअघि कैयौँपटक गोली चलेको आवाज सुनिएको थियो। राजधानी गुवाहाटीबाट करिब दुई सय किलोमिटरको दूरीमा रहेको दिमा हसाओ जिल्लामा भएको यो ‘आक्रमण’मा परी अन्य तीनजना घाइते भएका छन्।

यस घटनामा उग्रवादी समूह दिमासा नेसनल लिबरेसन आर्मी (डिएनएलए)को संलग्नता रहेको आसाम प्रहरीको आशंका छ।