१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ११ शुक्रबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुढानीलकण्ठमा एभरेष्ट बैंकको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ११ शुक्रबार ०६:२५:००

एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानीलकण्ठमा शाखा सञ्चालनमा ल्याएको छ । समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

शाखा उद्घाटन बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानीलकण्ठ नगरपालिकाका वडा न.३ वडाध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त रूपमा गरेको बैंकले जनाएको छ ।

उद्घाटनमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दीपककाजी तुलाधर, बैंकका बागमती प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीको सहभागिता गरेको जनाइएको छ ।

उद्घाटनपछि कार्यबाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमारले बुढानीलकण्ठका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।