१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ११ शुक्रबार ०७:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भायानेटको पर्पल प्याक अफर  : इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जिबी मोबाइल डेटा सित्तैमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ११ शुक्रबार ०७:३५:००

नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदान गर्दै आएको भायानेटले नयाँ सुविधा ल्याएको छ । कम्पनीले एनसेलसँगको सहकार्यमा अल इन वान भायानेट पर्पल प्याक नामक योजना ल्याएको हो । 

अफरअन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकले १ सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँगै एनसेल सिम सित्तैमा पाउने जनाइएको छ । सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जिबीका दरले एक वर्षसम्म कुल ४८ जिबी मोबाइल डेटा सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

यो सिममार्फत ग्राहकले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जिबी थप निःशुल्क मोबाइल डेटाजस्ता सुविधा पाउने जनाइएको छ । 

यी सबै सुविधा ग्राहकले जम्मा मासिक १ हजार ६ सय रुपैयाँमा पाउने जनाइएको छ । यो अफर भायानेटको १ सय एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध रहेको जनाइएको छ । 

सुपर स्पिड इन्टरनेट, मनोरञ्जनका लागि १ सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फस्ट क्लास मोबाइल डेटा प्याक, फ्री टकटाइम, एसएमएसलगायतका सुविधा भएकाले पर्पल प्याक उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।