१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १२ आइतबार २१:०८:००
Read Time : < 1 मिनेट
समाचार

बङ्गलादेश एअरलाइन्सकाे विमान अपहरणबाट जाेगियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १२ आइतबार २१:०८:००

बङ्गलादेशबाट दुबईका लागि उडेको बङ्गलादेश एअरलाइन्सकाे विमान चालक दलका सदस्यले अपहरण हुने प्रयासलाई विफल पारेका छन् । बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरकाे बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराएको थियाे । 

फोटो - bdnews24.com

आइतबार एक सन्दिग्ध व्यक्ति विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उसकाे प्रयासलाई विफल पारेको संचार माध्यममा जनाएकाे छ । जहाज उडेको करिब दुई घण्टापछि राजधानी ढाकाबाट करिब २ सय ४२ किलोमिटर दक्षिणपूर्वमा रहेको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराएको स्रोतले जनाएको छ । 

विमानमा रहेका सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको एक सुरक्षा अधिकारीले बताए । उनले भने, “जहाज अपहरण गर्ने प्रयास भएको हामीलाई थाहा भएको छ, तर विस्तृत विवरण आइसकेको छैन ।”

विमान अवतरण गरेपछि खाली गरी सुरक्षाकर्मीको घेरामा राखिएको छ । “अहिले सबैकुरा नियन्त्रणभित्र आइसकेको छ,” आइएसपिआरका अधिकारीले बताए । विमान अपहरण गर्न खोज्ने व्यक्ति सुरक्षा नियन्त्रणमा रहेका छन् ।