१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १० बिहीबार १२:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकै दिन ८३ जना फरार अभियुक्त पक्राउ 

Read Time : < 1 मिनेट
२०७८ भदौ १० बिहीबार १२:०१:००

जिल्ला प्रहरी कार्यालय सुनसरीले एकै दिन ८३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।  जिल्ला अदालत सुनसरीको अभिलेखमा कायम भएको बेरुजु फर्स्याेट गर्न र अदालतबाट भएका फैसलाको कार्यान्वयन गराउने अभियानअन्तर्गत प्रहरीले  बुधबार एकै दिन ८३ जनालाई पक्राउ गरेको हो।  

उनीहरूलाई बुधबार नै जिल्ला अदालतमा हाजिर गराई कैद भुक्तानीका लागि जेल चलान गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए। पक्राउ पर्नेहरूमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागुऔषध, जबर्जस्ती  करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, गाली बेइज्जती आदि मुद्दाअन्तर्गतका रहेको प्रहरीले जनाएको छ। यसअघि सुनसरी प्रहरीले एक महिनामा दुई सय ३८ जना फरार अपराधीहरूलाई पक्राउ गर्न सफल भएको थियो। 

एसपी थापाका अनुसार प्रहरी टोलीले साउन १ गतेदेखि फरार अभियुक्त पक्राउको अभियान चलाएको थियो। आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्तिका विरुद्ध यो अभियान चलाइएको एसपी थापाले बताए । ‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन वा कानुनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ एसपी थापाले भने, ‘हामी पुराना फाइलहरू हेर्दै छौँ । दोषी ठहर भएका, तर सजाय नभोगेका अभियुक्तहरूलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउँछौँ ।’