मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ १० बिहीबार ०६:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजाजको दसैँ अभियान ‘खुसीको ३ डोज’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ १० बिहीबार ०६:४०:००

आउँदो दसैँलाई लक्षित गरेर बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ । दसैँको समयमा ग्राहकले खुसीका साथ उत्सव मनाउन पाउने ग्यारेन्टीका साथ योजना ल्याएको हो । 

बजाजले ग्राहकका लागि रोमाञ्चक योजना र अफरहरू पटक–पटक ल्याइरहेको जनाइएको छ । कोभिड–१९ महामारीको समयमा पनि ग्राहकमाझ खुसी बाँड्न योजना ल्याएको कम्पनीको भनाइ छ । 

अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने वेलामा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्ने जनाइएको छ । बाइक किन्नुभन्दा पहिले ग्राहकले १० हजार रुपैयाँसम्म अग्रिम नगद प्राप्त गर्न सक्ने जनाइएको छ ।

त्यस्तै, मोटरसाइकल किन्दा १ लाख रुपैयाँसम्मको नगद प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । 

कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सधैँ आवश्यकताअनुरूप ग्राहकहरूका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको बताए । दसैँ महोत्सवको अवसरमा उपभोक्ताहरूलाई दोहोरो खुसी दिने प्रयासस्वरूप यो योजना ल्याएको उनको भनाइ थियो ।