मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ९ बुधबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस जिल्ला सभापतिको अनशनलाई संस्थापनइतर नेताहरूको साथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ९ बुधबार १४:२९:००

कांग्रेसका जिल्ला सभापतिहरूले सुरु गरेको रिले अनशनलाई संस्थापनइतर पक्षका नेताहरूले साथ दिएका छन्। क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिनुपर्नेलगायतका तीनबुँदे मागसहित पार्टी कार्यालय सानेपामा सुरु भएको रिले अनशनलाई संस्थापनइतर पक्षले साथ दिएको हो। 

बुधबारबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला, रञ्जित कर्ण  र डिल्लीराम सुवेदी रिले अनशनमा बसेका छन्। इतर पक्षका नेताहरूले बुधबार चाक्सीबारीमा बैठक बसेर जिल्ला सभापतिको मागलाई समर्थन जनाउने निर्णय गरेको हुन्।

अनशनलाई साथ दिन वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरू अनशनस्थलमा आउन लागेको काभ्रेपलाञ्चोक जिल्ला सभापति आचार्यले नयाँ पत्रिकालाई जानकारी दिए। नेतृत्वले विवरण सार्वजनिकलगायतका तीनबुँदे माग पूरा नगरेको भन्दै पौडेल पक्षधर जिल्ला सभापतिहरूले मंगलबारबाट धर्ना सुरु गरेका थिए। माग पूरा नभएपछि विरोधको स्वरूप बदल्दै रिले अनशन सुरु गरिएको हो।