मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ भदौ ९ बुधबार १२:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘ओलीका कारण निर्वाचनका वेला देखिएको सपना पूरा भएन’

Read Time : < 1 मिनेट
२०७८ भदौ ९ बुधबार १२:५४:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार आएसँगै चितवनको विकासको निम्ति वातावरण सहज भएको बताएका छन्। भरतपुर महानगरपालिकामा सार्वजनिक–निजी साझेदारीको माध्यमबाट निर्माण हुने भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै बुधबार उनले गलत नेतृत्वका कारण निर्वाचनपछिको अवधि नेपालीका लागि राम्रो नबनेकोसमेत बताए।

‘म आफैँले देशमा राजनीतिक स्थायित्व र विकासको निम्ति भनेर गठबन्धन  र एकताको पहल लिएँ,  तर आफैँले बनाएको प्रधानमन्त्री केपी शर्मा ओली चितवन र मप्रति नकारात्मक र पूर्वाग्रही भए, जसकारण निर्वाचनमा देखिएको सपनाअनुसार काम गर्न सकिएन,’ प्रचण्डले भने।