१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ भदौ ९ बुधबार ०६:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका आरोपी १३ महिनापछि पक्राउ 

Read Time : < 1 मिनेट
२०७८ भदौ ९ बुधबार ०६:१५:००

१७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका आरोपीलाई १३ महिनापछि पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । कास्कीको मादी गाउँपालिका– ९ सिप्लिबेंसी घर भई सोही गाउँपालिका– १० मकैखोलास्थित मामाको घरमा बस्ने  १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या गरेका आरोपी १३ महिनापछि पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका– ६ चालिसे घर भएका ४५ वर्षीय रामबहादुर थापा (मोटे) भनेर चिनिने खड्कबहादुर खवास रहेका कास्की प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । कास्की प्रहरीले स्याङ्जा प्रहरीको सहयोगमा पुतलीबजार नगरपालिका– ४ शिवमन्दिर चोकबाट पक्राउ गरी कास्की ल्याएको थापाले जानकारी दिए । 

१५ असार ०७७ का दिन घरवाट निस्किएर अबेरसम्म घर नआएकी परियारको १० दिनपछि मादी– ११ मुखियाशेरस्थित पातिघारीमा सडेर किरा परेको अवस्थामा शव फेला परेको थियो । उनको माथिल्लो भागमा कपडा भए पनि कम्मरमुनिको भागमा कपडा नभएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । बलात्कारपछि उनले लगाएको सुरुवालले घाँटी कसेर खवासले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।  

घटना अनुसन्धानपछि प्रहरीले हत्या गरेको आरोपमा खवासलाई पक्राउ गरेको हो । त्यस समय मजदुरीका लागि खवास मादी आएका थिए । पक्राउ परेका थापालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।