Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १२ आइतबार १७:१२:००
Read Time : < 1 मिनेट
खेलकुद

महिला विश्वकप क्रिकेट छनाेट : नेपालद्वारा हङकङ पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १२ आइतबार १७:१२:००

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आइतबार भएको चौथोँ खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा हङकङले दिएको ६३ रनको सामान्य लक्ष्यलाई नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे । 

नेपालका लागि अप्सरा बेगमले सर्वाधिक २४ रनको योगदान दिइन् भने सीता रानामगरले १६ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ हङकङकी जसमिनी टिटमुसले तीन विकेट लिँदा सान तो, मारिको हिल र क्यारी चानले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रनमा समेटिएको थियो । हङकङका लागि मरिना लाम्पलोले सर्वाधिक १९ रन जोडिन् भने यास्मिन दसवानीले १६ तथा बेला पुनले ११ रन जोडे । 

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालकी नेरी थापाले सर्वाधिक ६ विकेट लिइन् । यसैगरी, सरिता रानामगरले २ विकेट लिएकी थिइन् । जितसँगै नेपालले ६ अङ्क जोडेको छ । जारी प्रतियोगितामा नेपाललको यो तेस्रो जीत हो । यसअघि नेपालले मलेशियालाई ३४ रनले हराएको थियो भने संयुक्त अरब इमिरेटस (युएई) लाई ७ विकेटले पराजित गरेको थियो । नेपाल थाइल्याण्डसँग भने ५७ रनले पराजित भएको थियो ।