मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ८ मंगलबार १४:२१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अक्षयको ‘बेल बटम’ साउदी, कुवेत र कतारमा प्रतिबन्धित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ८ मंगलबार १४:२१:००

अक्षय कुमार अभिनीत बलिउड चलचित्र ‘बेल बटम’माथि तीन मुस्लिम देशले प्रतिबन्ध लगाएका छन्। चलचित्रमा तथ्यलाई तोडेर देखाइएको भन्दै साउदी अरब, कुवेत र कतारले प्रदर्शनमा रोक लगाएका हुन्।

‘चलचित्रमा ऐतिहासिक तथ्यलाई तोडमोड गरिएको भन्दै यी देशहरूले चलचित्र प्रदर्शनमा रोक लगाएका हुन्,’ भारतको फिल्म सर्टिफिकेसन अथोरिटीले भनेको छ।

यो चलचित्रको कथा सन् १९८४ मा भएको विमान अपहरणको घटनामा आधारित रहेको बताइएको छ। चलचित्रमा मुख्य तथ्यलाई तोडमोड गरिएको यी तीन देशको आरोप छ।

कोरोना महामारीबीच हलमै प्रदर्शन गरिएको यो चलचित्रको व्यापार भने सन्तोषजनक छैन। १९ सेप्टेम्बरदेखि प्रदर्शनमा आएको चलचित्रले चौथो दिनसम्म १३ करोड ४५ लाख भारुबराबरको व्यापार गरेको छ।