मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक बोहरा दाङ
२०७८ भदौ ७ सोमबार ११:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुर खानेपानीका अध्यक्ष ओलीद्वारा पदबाट राजीनामा

Read Time : < 1 मिनेट
दीपक बोहरा दाङ
२०७८ भदौ ७ सोमबार ११:३३:००

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज ओलीले पदबाट राजीनामा दिएका छन्। आइतबार पत्रकार सम्मेलन गरी ओलीले लामो समय एउटै व्यक्ति पदमा बसिरहन नसुहाउने भन्दै नैतिकताका आधारमा राजीनामा दिएको बताएका हुन्।

संस्थाको कार्यसमितिको पदावधि १७ महिनाअघि नै सकिइसकेको छ भने संस्थाको विषयमा अख्तियारमा समेत उजुरी परेको छ। ‘संस्थाका पदाधिकारीको पदावधि सकिएको तीन महिनासम्म पदावधि थप्न मिल्छ। तर, हाम्रो म्याद थप भएको १७ महिना भइसकेको छ,’ उनले भने, ‘तर, नयाँ कार्यसमितिका लागि चुनावको पनि सुरसार छैन। तीन कार्यकाल मैले खानेपानीमा सेवा प्रवाह गरेँ। अब नैतिकताका हिसाबले बस्न मिल्दैन। त्यसैले राजीनामा दिएँ।’

साथै उनले पछिल्लो समय कार्यसमितिभित्रकै व्यक्तिले संस्थाका गोप्य विषय बाहिर ल्याएर नेतृत्वलाई बदनाम गर्ने गरेकोसमेत बताए। ‘केही व्यक्तिले संस्थालाई अचानो बनाएर व्यक्तिगत लाभ लिने आकांक्षाका कारण उत्पन्न भएको अन्तर्विरोधले यो संस्थामा विगत एक वर्षदेखि अवरोध उत्पन्न भएको छ,’ उनले भने, ‘कार्यसमितिभित्रकै व्यक्तिले अख्तियारमा उजुरी हाल्ने प्रयत्न गरे। संस्थालाई बदनाम गराउने प्रयत्न भयो।’

संस्थाकै केही व्यक्तिले सात हजारको सामानलाई १७ हजारसम्मको बिल बनाएर घोटाला गर्ने गरेको उनको आरोप छ। साथै उनले रानीजरुवा मुहानको संरक्षण गर्नुको साटो जबर्जस्ती बीचबाट बाटो खोली मुहानमा आक्रमण गर्ने कार्य भएको बताए।

संस्थाको विरुद्ध कार्यसमितिभित्रकै केही व्यक्तिले आफूखुसी बाटो निर्माण गर्ने बहानामा व्यक्तिगत स्वार्थ परिपूर्ति गर्न राम्री, चिसापानी, बाख्रे, धैरेनी र छरछरेका मुहनाहरू तहसनहस बनाएको आरोपसमेत लगाए। लाखौँको क्षति हुँदासम्म कार्यसमितिका पदाधिकारी संस्थाको क्षति भएको रकम असुल गर्नुको साटो ठेकेदारसँगको मिलेमतोमा संस्थाकै आर्थिक व्ययभार बढाउन लागेको उनले बताए।