१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ४ शुक्रबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा दुईपटकसम्म स्थगित गरेकोमा सांसदहरूद्वारा सरकारको आलोचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ४ शुक्रबार १७:१०:००

प्रतिनिधिसभाका सांसदहरूले कक्षा १२ को परीक्षा अझै सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन्। संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा समितिका सदस्यहरूले दुई–दुईपटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्।

बैठकमा सांसद जयपुरी घर्तीमगरले विनाविकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताइन्। समितिकी सभापतिसमेत रहेकी उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको भन्दै सरकारलाई प्रश्नसमेत गरेकी छिन्।

समितिका अर्का सदस्य एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराए। उनले परीक्षा सञ्चालनका लागि विद्यार्थीलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराएका छन्।

यसैगरी, समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए। उनले विद्यार्थीलाई आतंकित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरे।