मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ भदौ ४ शुक्रबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षक दरबन्दी मिलानमा असहमत शिक्षक र प्रहरीबीच दोहोरो झडप

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७८ भदौ ४ शुक्रबार १३:५८:००

कञ्चनपुरको भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै पछिल्लो एक महिनादेखि आन्दोलनमा होमिएका शिक्षक र प्रहरीबीच झडप भएको छ। गत साउन पहिलो साता नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरी रिले अनशनमा उत्रिएका नेपाल शिक्षक संघ र प्रहरीबीच शुक्रबार नगरपालिकामा झडप भएको हो।

एक महिनाभन्दा बढी समय बितिसक्दा पनि स्थानीय सरकारले माग पूरा नगरेको भन्दै संघले मूल कार्यालयमा तालाबन्दी गर्न खोजेपछि प्रहरीसँग दोहोरो झडप भएको छ। झडपका क्रममा शिक्षक संघका नेता वीरेन्द्रसिंह बोहरा, भीमदत्त नगरपालिका– १९ की सदस्य सन्तोषी साउद, नेविसंघ नेता अच्युत कलौनी, इन्द्र साउदलगायत घाइते भएका छन्। 

निरन्तर ३५ दिन आन्दोलन गर्दासमेत स्थानीय सरकारले नसुनेपछि संघको आन्दोलनलाई ऐक्यबद्धता जनाउन आएका कांग्रेसका विभिन्न भ्रातृ संगठनका पदाधिकारीमाथि प्रहरीले दमन गरेको शिक्षक संघ कञ्चनपुरका सचिव नवीनसिंह धामीले बताए। उनका अनुसार झडपपछि प्रहरीले दजनौँ सेल अश्रुग्यास प्रहार तथा लाठीचार्ज गरेको छ।

भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले कांग्रेसनिकट शिक्षक संघले राजनीति गर्न खोजेको आरोप लगाएका छन्। उनले सरकारी कर्मचारी भएपछि खटाएको ठाउँमा जानुको साटो प्रधानाध्यापक पद गुमेको पीडा र आक्रोशमा सिंगो पार्टी गुहारेर हिंसात्मक आन्दोलन गर्न लागेको आरोप लगाए । झडपपछि नगरपालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। केही जनप्रतिनिधिले शिक्षक संघको माग पूरा गर्न यथाशीघ्र वार्ता गरेर समस्या समाधानमा जोड दिएका छन्।

दरबन्दी मिलानमा एमाले, माओवादी, वैद्य र जनमोर्चानिकट शिक्षक संघ–संगठनले भने शैक्षिक सुधारका लागि नगरपालिकाको कदमको स्वागत गर्दै आएका छन् । चारै शिक्षक संगठनले मिलान गरिएको दरबन्दी कार्यान्वयनको माग अघि सार्दै आएका छन्।