१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सुमन खड्का
२०७५ फाल्गुण १२ आइतबार ०९:२७:००
Read Time : > 2 मिनेट
लोकसेवा

सामान्य ज्ञान : लाेकसेवा तयारी

Read Time : > 2 मिनेट
सुमन खड्का
२०७५ फाल्गुण १२ आइतबार ०९:२७:००

१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘धरहरा पुनर्निर्माणको शिलान्यास’ कहिले भयोे ?
 २०७५ पुस १२
(स्मरण रहोस् धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिआइआइटिसी रमन जेभीलाई दिएको छ)

२. चीनले पहिलोपटक चन्द्रमाको अनुसन्धान गर्न प्रक्षेपण गरिएको रोबर्टलाई के नामकरण गरिएको थियो ?
 चञ्चले खरायो युटु

३. अन्तर्राष्ट्रिय हवाई उड्डयन बाहकका लागि निश्चित नियमहरू एकीकरण गर्ने महासन्धि मन्ट्रियल महासन्धि नेपालमा कहिलेदेखि लागू भयो ?
 २०७५ मंसिर २९ (२०१८ डिसेम्बर १५)
(स्मरण रहोस् मन्ट्रियल महासन्धि सन् १९९९ मा जारी भएको हो भने २०७५ भदौ ७ मा प्रतिनिधिसभाले मन्ट्रियल महासन्धिलाई पारित गरेको हो)

४. शिक्षाका लागि विश्व अभियान जिसिईको छैटौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
 काठमाडौं, २०१८ नोभेम्बर १६–१८, (२०७५ कात्तिक ३०–मंसिर २)

५. फलफूलको बगैँचा ९न्बचमभल या ध्यचमि० भनेर कुन जलवायुलाई भनिन्छ ?
 भूमध्यसागरीय जलवायु
(स्मरण रहोस् धेरै फलफूल उत्पादन हुने भएकाले भूमध्यसागरीय जलवायुलाई फलफूलको बगैँचा भनिएको हो)

६. राजनीतिक मनोकाङ्क्षासमेत पूरा गरिदिने देवीका रूपमा चिनिने छिन्नमस्ता देवीको मन्दिर कुन जिल्लामा पर्दछ ?
 सप्तरी

७. बेहुली भित्र्याउँदा ढोकामा भाले काटी सोमाथि कुल्च्याई भिœयाउने चलन चलाउने जाति मगर हो भने बेहुलालाई कालो मोसो दली जन्तीको स्वागत गर्ने चलन कुन जातिमा छ ?
 राजबंशी

८. नेपाली भाषालाई भारतले कहिले संवैधानिक मान्यता दियो ?
 २०४९ भदौ ४ (सन् १९९२)
(स्मरण रहोस् भारतको संविधानको अनुसूची ८ मा सो कुरा उल्लेख गरिएको छ)

९. सार्क डेभलपमेन्ट गोलको निर्माणसम्बन्धी निर्णय सार्कको कुन सम्मेलनले ग-यो ?
  तेह्रौँ सम्मेलन (ढाका)
(स्मरण रहोस् विश्वले सार्कलाई गरिबहरूको घरको रूपमा व्यंग्य गरेको छ)

१०. उड्न सक्ने एक मात्र स्तनधारी जीव कुन हो ?
 चमेरो

११. विश्वको सबैभन्दा उचाइमा स्थापना गरिएको १२ हजार फिटमा रहेको रेडियो स्टेसन कहाँ रहेको छ ?
 नेपालको सोलुखुम्बु जिल्लाको स्याङ्बोचेमा 

१२. विश्वको उत्कृष्ट दशवटा साहसिक जलयात्रा नदीको सूचीमा पर्ने नेपालका दुईवटा नदी कुन–कुन हुन् ?
 सुनकोसी र कर्णाली

१३. चर्चित पर्यटकीय स्थल सिलासुत्केरी ढुंगा कुन जिल्लामा रहेको छ ?
 भोजपुर

१४. सन् २०१८ मा विश्वकोे ५ ठूला अर्थतन्त्र भएका देश कुन–कुन हुन् ?
 अमेरिका, चीन, जापान, जर्मनी र बेलायत

१५. दिगो विकास सूचकांक २०१८ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 १०५औँ स्थानमा

१६. ‘पहिचान पुरस्कार २०१८’ कुन कृतिलाई प्रदान गरियो ?
 भुइयाँ
(स्मरण रहोस् उक्त कृतिका कृतिकार यज्ञश हुन् भने गत साल सो पुरस्कार अर्जुन खालिङको गोयाङ्कको सुगन्ध नामक कृतिलाई प्रदान गरेको थियो)

१७. विश्व एड्स दिवस कहिले मनाइन्छ ?
 डिसेम्बर १
(स्मरण रहोस् २०१८ को एड्स दिवसको नारा know your status रहेको छ)

१८. नेपालमा सामुदायिक संग्राहलय कहाँ रहेको छ ?
 खोटाङको रूपाकोट मझुवागढी

१९. कुनै भूमि वा जमिनमा १२ महिना नै एकै किसिमको खेती नगरी बालीमा विविधता ल्याउने कार्यलाई के भनिन्छ ?
 क्रप डाइभर्सिटी

२०. जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २५ कहिले र कुन देशमा हुँदै छ ?
 सन् २०१९ मा चिली
(स्मरण रहोस् २०१८ को कोप २४ पोल्यान्डको काटोविसमा सन् २०१८ डिसेम्बर २ देखि १४ सम्म भएको थियो)

२१.चर्चित साहित्यिक कृति ‘जनैपूर्णिमादेखि रानीपोखरीसम्म’ का लेखक को हुन् ?
 डा. महेशराज पन्त

२२. हृदयरोगबाट पीडित व्यक्तिहरूको मुटुको स्पन्दन जाँच गर्ने यन्त्रलाई के नामकरण गरिएको छ ?
 कार्डियोग्राम

२३. संगीत क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ग्रामी अवार्ड २०१९ मा सङ अफ दी इयर हुन सफल गीत कुन हो ?
 This is America (दिस इज अमेरिका)

 २४. विश्वको सबैभन्दा ठूलो आणविक प्रयोगशाला कुन हो ?
द लार्ज हेड्रन कोलाइडर

२५. बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधिसभाबाट बहुमतले कहिले पारित भयो ?
 २०७५ माघ ११ गते