मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
नयाँ पत्रिका नयाँ दिल्ली
२०७८ भदौ ३ बिहीबार ११:४०:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

तमिल चलचित्र ‘ओथा सेरुप्पु’को हिन्दी रिमेकमा अभिषेकको इन्ट्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
२०७८ भदौ ३ बिहीबार ११:४०:००

तमिल चलचित्र ‘ओथा सेरुप्पु साइज ७’को हिन्दी रिमेकमा अभिषेक बच्चन देखिने भएका छन्। आर पार्थिएपनले निर्देशन गर्न लागेका यो चलचित्रको स्क्रिप्ट पढेपछि अभिषेकले निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

‘ओथा सेरुप्पु’ नामबाट चिनिने तमिल चलचित्रको निर्देशन पनि आर पार्थिएपनले नै गरेका थिए। सन् २०१९ मा रिलिज भएको तमिल चलचित्रका लेखक, निर्देशक, निर्माता र मुख्य अभिनेतासमेत आर पार्थिएपन नै हुन्।

यसको हिन्दी रिमेक अभिषेकको करियरमा टर्निङ पोइन्ट हुन सक्ने बताइएको छ। चलचित्रको सुटिङ चेन्नाईमा सुरु भइसकेको मिडिया रिपोर्टहरूमा जनाइएको छ।