मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३ बिहीबार ०७:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईले कोरियाबाट फर्केकालाई सहुलियत कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३ बिहीबार ०७:४१:००

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेसामा संलग्न उद्यमीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । यसका लागि बैंकले अंकुर नेपाल नामक संस्थासँग समझदारी गरेको हो । 

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेको जनाइएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीलाई सहयोग गर्न सहुलियत कर्जा प्रदान गर्न लागेको बैंकले जनाएको छ ।

यो योजना पूर्ण रोजगारी र समृद्घिको दिशातर्फ अघि बढ्ने एक अभियानका रूपमा सञ्चालन गर्न बैंक र अंकुर नेपालबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको जनाइएको छ ।  

समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभवसहित स्वदेश फर्किएका युवालाई पुनः बिदेसिनुपर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पु‍ुग्ने जनाइएको छ ।

यसका लागि बैंकले विभिन्न बैंकिङ सेवा–सुविधाहरू सहज तथा सहुलियत रूपमा प्रदान गर्ने जनाएको छ । सरल तथा सहज तरिकाले कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारी र उद्यमशीलताका लागि नेपालमै सम्भावना छ भन्ने सोचको प्रवद्र्धन गर्न खोजिएको बैंकले जनाएको छ ।