मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ५ शुक्रबार
  • Friday, 22 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २ बुधबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोस्रोपटक पनि सर्‍यो भूपू गोर्खा सैनिकको रिटमाथिको सुनुवाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २ बुधबार १८:२९:००

सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथिको सुनुवाइ सारेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएकामा बेन्च बस्न नभ्याएका कारण सुनुवाइ सरेको सर्वोच्चले जनाएको छ।

नेपाल सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरह सेवा–सुविधा पाउन नसकेको भन्दै २९ साउनमा सर्वोच्चमा रिट दर्ता भएको थियो। मुद्दाको ३१ साउनमा पहिलोपटक पेसी तोकिएका थियो। तर, सुनुवाइ हुन नसकेको कारण सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको थियो।

रिटमाथि सर्वोच्चले बुधबारका लागि दोस्रोपटक सुनुवाइ तोकेको थियो। अधिवक्ता सञ्जय अधिकारी, ब्रिटिस गोर्खा संयुक्त संघर्ष समिति युके नेपालका संयोजक लालबहादुर घिसिङ र सहसंयोजक बिमबहादुर लिम्बूले सर्वोच्चमा रिट दर्ता गराएका थिए।

रिटमा बेलायतमा अनशनरत नेपालीको जीवन रक्षार्थ पहल गर्न तत्काल उच्चस्तरीय समिति गठन गर्न, वार्तास्थल र वार्ताको समय तोक्न अन्तरिम आदेश माग गरिएको छ।