मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ भदौ १ मंगलबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायिक संग्रहालय स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ भदौ १ मंगलबार १७:५५:००

सर्वोच्च अदालतले न्यायिक संग्रहालय स्थापना गरेको छ । नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीहरूको संरक्षण गर्नका लागि स्थापना भएको न्यायिक संग्रहालयको मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उद्घाटन गरेका छन्। 

न्यायिक संग्रहालयमा न्यायिक इतिहासलाई जीवन्त राख्ने सामग्रीहरू तत्कालीन फैसलाहरू, आदेश, तत्कालीन न्यायाधीशहरूले प्रयोग गरेका पोसाकलगायतका विभिन्न १५ प्रकृतिका तीन सय ५० वटा सामग्रीहरू संग्रहालयको प्रदर्शनी कक्षमा राखिएको सर्वोच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालले बताए।

यस संग्रहालय न्यायक्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरूका लागि अध्ययनको केन्द्र हुन सक्ने उनले विश्वास व्यक्त गरे। यस संग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए।