१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ भदौ १ मंगलबार १५:००:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

लामो समयपछि एउटै चलचित्रमा काम गर्दै अजय र अमिताभ

Read Time : < 1 मिनेट
२०७८ भदौ १ मंगलबार १५:००:००

लामो समयपछि अमिताभ बच्चन र अजय देवगणले एउटै चलचित्रमा काम गर्ने भएका छन्। एक भारतीय न्युज पोर्टलसँग कुरा गर्दै अजयले आफूहरू ‘मे डे’ चलचित्रमा सँगै काम गर्न लागेको खुलाएका हुन्।

सत्य घटनाबाट प्रेरित रहेको भनिएको यस चलचित्रलाई अजय स्वयंले निर्देशन गर्नेछन्। यसअघि यी दुई स्टार सन् २०१३ मा ‘सत्याग्रह’ चलचित्रमा सँगै देखिएका थिए।

अमिताभ बच्चनलाई आफ्नो चलचित्रमा निर्देशन गर्नु हरेक फिल्म मेकरको सपना रहेको भन्दै अजयले आफ्नो सपनाको सूचीको एउटा बुँदा पूरा भएको बताएका छन्।

बच्चन सधैँ सेटमा समयमै उपस्थित हुने कम कलाकारहरूमध्ये एक मानिन्छन्। लामो समय प्रतीक्षा गर्नुपर्दा पनि सहज रूपमा लिने भएकाले उनीसँग काम गर्न निकै सहज हुने अजयको भनाइ छ।