मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ५ शुक्रबार
  • Friday, 22 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ३१ आइतबार २१:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वगोर्खा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न राणाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ३१ आइतबार २१:४१:००

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले बेलायती सरकारसँग वार्ता गरेर पूर्वगोर्खा सैनिकहरूको समस्या समाधानमा कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राणाले आग्रह गरेका हुन् । 

‘अनशनरत भूतपूर्व गोर्खाहरूको समस्या समाधान गर्न कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ,’ राणाले भनेका छन् । 

मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय लिने देउवाले बताएका छन् । भेटको क्रममा अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल स्वदेश फिर्ता ल्याउन पनि राणाले सरकारसँग माग गरेका छन् ।