१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ३१ आइतबार १५:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ३१ आइतबार १५:५९:००

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आउँदो असोज ८ देखि १० गतेसम्म २२औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीले आउँदो असोज ८, ९ र १० गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।

यो राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, नयाँ नेतृत्व निर्वाचित गर्ने, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय समिति उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताएका छन्। उपाध्यक्ष बस्नेतले २२औँ राष्ट्रिय सम्मेलनमा सात सय ९९ मात्रै प्रतिनिधि रहने उल्लेख गरे। उनले यो सम्मेलन सम्पन्न गर्नका लागि आउँदो भलाै १५ सम्ममा इकाइ क्याम्पस, पालिका भेला गरिसक्ने, भदाै २५ सम्म जिल्लाहरूको भेला र भदाै २५ देखि असोज १ गतेसम्म प्रदेश भेला गरिसक्ने बताएका छन्।

अखिल क्रान्तिकारीले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नारालाई प्रमुख एजेन्डा बनाएर अघि बढ्ने बताएको छ।