१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामचन्द्र न्यौपाने
२०७५ फाल्गुण ११ शनिबार १६:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

डोल्पाका दुई सामुदायिक वनमा डढेलो

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७५ फाल्गुण ११ शनिबार १६:२२:००

हिमाली जिल्ला डोल्पाका दुईवटा सामुदायिक वनमा डढेलो लागेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने कैलासि सामुदायिक वन र वडा नं ५ मा पर्ने लेखठेरी सामुदायिक वनमा शुक्रबार दिउँसो डढेलो लागेको हो । 

आगलागिबाट कैलासि क्षेत्रको अधिकांश भूभाग जलेर नष्ट भएको र लेखठेरीको करिब पाँच सय सल्लाका रुख जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय करोपगाडले जनाएको छ । डढेलो नियन्त्रणका लागि इलाका प्रहरी चौकी करोपगाड्, नेपाली सेनाको नरसिँह दल गुल्म र हरीयापानी बहुउदेश्यीय सहकारीका सदस्यहरु परिचालन भएको सहकारीका अध्यक्ष मोती प्रसाद उपाध्यायले बताए ।

डढेलो नियन्त्रण भइनसकेको र शनिबार बेलुकासम्म नियन्त्रणमा आउनसक्ने सम्भावना रहेको उपाध्यायको भनाइ छ । डढेलोको कारण खुल्न नसकेपनि गोठाला गएका बालबालिकाहरुले आगो लगाएको अनुमान गरिएको छ ।