मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २८ बिहीबार १५:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाको तेस्रो लहरको तयारीमा जुटेका छौँ, थप खोप आउँदै छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २८ बिहीबार १५:३५:००

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ९७ लाख खोप नेपाल आएको बताएका छन्।  उनले असोजसम्म एक करोड आठ लाख खोप प्राप्त हुने सुनिश्चितता भएको प्रतिनिधिसभामा जानकारी दिए। यो खोप ३३ प्रतिशत नागरिकलाई लगाउने उनले बताए। 

नयाँ सरकारले ७५ लाख खोप लगाएको उनले जानकारी दिए। प्रत्येक दिन एक लाख ५० हजारदेखि दुई लाख खोप लगाउने थालिएको उनको भनाइ थियो। 

जनघनत्वको आधारमा खोपलाई प्राथमिकतामा राखिएको उनले बताए । उनले सरकार कोरोनाको तेस्रो लहरको तयारीमा जुटेको बताए।