१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण २८ बिहीबार १४:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बिपी प्रतिष्ठानमा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७८ श्रावण २८ बिहीबार १४:५१:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले छापा मारेको छ। एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएको टोलीले  बिहीबार आवश्यक कागजपत्र नियन्त्रणमा लिएको हो। पूर्वउपकुलपति डा. बिपी दास, डा. राजकुमार रौनियार, हालका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायतका दर्जनौँ भ्रष्टाचारका मुद्दा अख्तियारमा विचाराधीन छन्। लेखा, प्रशासन, स्टोर शाखाबाट आवश्यक कागज नियन्त्रणमा लिइएको एसएसपी तामाङले जानकारी दिए। 

व्यापारी र बिचौलियाहरूसँगको मिलेमतोमा पदाधिकारी र कर्मचारीहरूले अनियमितता गरी प्रतिष्ठानलाई धराशायी बनाएको भन्दै दुई महिनादेखि चिकित्सकहरू आन्दोलनमा छन्। उनीहरूले अख्तियारमा अड्किएका मुद्दालाई हेर्न माग गर्दै आएका थिए।

प्रतिष्ठानमा मेडिकल सामान खरिद, भवन निर्माणलगायतमा व्यापक अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको थियो।

यो पनि :
बिपीको आन्तरिक लेखापरीक्षण रिपोर्ट : मिलेमतोमा करोडौँका ठेक्का, व्यापारीले नै बनाए ‘स्पेसिफिकेसन’