कायममुकायम प्रधानसेनापतिको रूपमा रथी प्रभुराम शर्माले सेनाको नेतृत्व लिएका छन् । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाका पूर्वप्रधानसेनापति, निमित्त रक्षासचिवलगायत रथीवृन्द, अधिकृत, पदिक तथा सकल दर्जाको उपस्थिति रहेको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानसेनापति थापाले नेपाली सेनाले बलाधिकृत रथी प्रभुराम शर्माको रूपमा एक अनुभवी र क्षमतावान नेतृत्व प्राप्त गर्न लागेकोमा खुसी गरे ।
त्यसैगरी, बलाधिकृत रथी शर्माले पनि नेतृत्व हस्तान्तरणको प्रक्रियालाई अत्यन्तै व्यवस्थित र सहजीकरण गरिदिएकोमा प्रधानसेनापतिप्रति आभार व्यक्त गरे ।