मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ पौष ५ बिहीबार ०९:४१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

रायोको साग  कति पोषिलो ?

Read Time : < 1 मिनेट
२०७५ पौष ५ बिहीबार ०९:४१:००

अहिले रायो साग पाइने सिजन हो । जाडो याममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी धेरैको रोजाइमा पर्ने गर्छ । संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ । रायोलाई पकाएर, काँचै वा सिजनिङ गरेर खान सकिन्छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व नष्ट हुन सक्छ । अब जानौँ यसका फाइदाबारे :

 -रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न रायो उपयोगी हुन्छ ।

-रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् । 

-रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ । 

-रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन पक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ । 

-शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ । 

-जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ।

-रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ । 

-रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ । 

-रायोको साग नियमित खाँदा क्यान्सरको जोखिमलाई कम गर्दछ ।