१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २३ शनिबार १७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिडभाड हुने कार्यक्रम नगर्न देउवाको अपिल, साझा प्रयासले महामारी नियन्त्रणमा आउने विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २३ शनिबार १७:३०:००

प्रधानमन्त्री शेरबहादुर देउवाले भिडभाड हुने कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् । शनिबार सुरु भएको नेपाल मास्क अभियानको क्रममा ‘मास्क लगाऔँ, स्वास्थ्य मापदण्डको पालना गरौँ’ भन्दै देउवाले स्वास्थ्य मापदण्ड अपनाएर मात्र आफ्नो पेसा–व्यवसाय सञ्चालन गर्न पनि अपिल गरेका छन् । 

भिडियो सन्देशमा देउवाले सबैका साझा प्रयासले छिट्टै कोरोना महामारी नियन्त्रण गर्न सफल हुने विश्वास पनि लिएका छन् । कोरोना महामारीको तेस्रो लहरको लक्षण नेपालमा पनि देखिन थालेको भन्दै देउवाले स्वास्थ्य मापदण्डमा ध्यान दिन आग्रह गरेका हुन् । 

मास्क लगाऔं, स्वास्थ्य मापदण्डको पालना गरौं ।#MaskUpNepal pic.twitter.com/rEdGreoRUp

— Sher Bahadur Deuba (@SherBDeuba) August 7, 2021

सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नरहेको भन्दै उनले सबै मिलेर मात्रै महामारीलाई पार लगाउन सकिने बताएका छन् । अतिआवश्यक परेका वेला मात्र घरबाहिर निस्कन उनले आग्रह गरेका छन् । बाहिर निस्कने वेला नाक र मुख छोपिने गरी मास्क लगाउन, भौतिक दूरी कायम गर्न र वेलावेलामा साबुनपानीले हात धुन पनि उनले अपिल गरेका छन् । 

खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि देउवाले आग्रह गरेका छन् ।