Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ श्रावण २२ शुक्रबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भैँसी किन्ने बहानामा वास मागेर लुटपाट

Read Time : < 1 मिनेट
२०७८ श्रावण २२ शुक्रबार १८:५५:००

दैलेखको भैरवी गाउँपालिका– १ रावतकोट गुयाली टोलमा बिहीबार राति भैँसी किन्ने बहानामा वास मागेर बसेका तीनजनाको समूहले स्थानीयलाई विष खुवाएर बेहोस बनाई लुटपाट गरेकाे छ । 

बिहीबार साँझ ५ बजे भैँसी किन्ने बहानामा अज्ञात तीनजना मान्छेको समूहले रावतकोटका सेते खत्रीको घरमा वास मागेको र खानामा औषधि मिसाई बेहोस बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बेहोस बनाएपछि गरगहना र रकम लुटेको स्थानीयले बताए । 

बेहोस भएका रावतकोट गुयाली टोलका ६९ वर्षे माग्ली खत्री र ४८ वर्षे नन्नकला खत्रीलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ल्याई सामान्य उपचार पछि पुनः सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रहरी निरीक्षक नेत्र बुढाको नेतृत्वमा गएको प्रहरीले उद्धारसँगै थप अनुसन्धान सुरु गरेको छ ।