मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०६:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकका ग्राहकले  अर्थोप्लास्ट रिह्याब सेन्टरमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०६:४७:००

सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीका ज्ञानेन्द्र महर्जन र रिह्याब सेन्टरका प्रबन्ध निर्देशक हरिकुमार तामाङले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकका ग्राहकले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत फिजियोथेरापी सेवाको भुक्तानी शुल्कमा २५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

साथै उपत्यकाबाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरूमा पनि ग्राहकहरूले छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । रिह्याबको सेवा केन्द्र तुम्लिङटार, चितवन, पोखरा, बुटवल र धनगढीमा रहेको जनाइएको छ ।