१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १९:२१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अभ्यासमा जुट्यो क्रिकेट टोली : राष्ट्रिय टोलीमा थपिए गुल्सन झा, पारस खड्काको नाम हटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १९:२१:००

सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ । वर्षायाममा मौसम प्रतिकूल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन् ।

यसअघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान)ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसमा गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । पूर्वकप्तान पारस खड्काले सन्न्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ । दुई दिन अगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बिहीबार मात्र बोलाइएका सबै खेलाडी प्रशिक्षणमा उपस्थित भएका हुन् ।

राष्ट्रिय क्रिकेट टोलीले बिहानको सत्रमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिटनेस प्रशिक्षण गरेका थिए भने दिउँसो कीर्तिपुर मैदानमा प्रशिक्षण  गरेका छन् । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् । लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा  सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।