Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वरिष्ठ नेता पौडेलको चिन्ता : समयमै महाधिवेशन नहुँदा वैधानिकता सकिने भयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १५:१७:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन। बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा आफूपक्षीय नेताहरूसँगको भेटमा महाधिवेशनमा भइरहेको ढिलाइलाई लिएर चिन्ता व्यक्त गरेका हुन्। 

भेटबारे नयाँ पत्रिकासँग कुरा गर्दै पौडेलले अनौपचारिक भेट भएको प्रतिक्रिया दिए। ‘अनौपचारिक भेटघाट भएको हो। पार्टीको अधिवेशन पनि छ। यी कुरा त भइहाल्ने नै भए,’ उनले भने। 

भेटका क्रममा नेता सिंहलगायतले समेत महाधिवेशनमा भएको ढिलाइबारे चिन्ता देखाएको उनको भनाइ छ। ‘महाधिवेशनबारे अलिअलि चिन्ता व्यक्त गरियो,’ वरिष्ठ नेता पौडेलले भने, ‘क्रियाशील सदस्यता छिट्टै टुंग्याउनुपर्‍यो । महाधिवेशनको कार्यतालिका अगाडि बढाउनुपर्‍यो भन्ने विषयमा छलफल भयो।’

पौडेलले २३ भदौभित्र महाधिवेशन सम्पन्न नभए कांग्रेसको वैधानिकता गुम्ने बताए। ‘महाधिवेशन नभए त २३ भदौपछि कांग्रेस नै रहँदैन। अरू विकल्प छैन। सभापतिज्यूले टाइम पनि दिइरहनुभएको छैन,’ उनको भनाइ थियो। 
हिजो बसेको पौडेलसहितका शीर्ष नेताको बैठकले तीन दिनभित्र क्रियाशील सदस्यताको टुंगो लगाउने र महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको थियो।