१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ श्रावण २१ बिहीबार ११:५०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीमा जागिर खान घुस लिने र दिने ६ जना पक्राउ 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण २१ बिहीबार ११:५०:००

घुस लिने र दिने दुवै अपराधी मानिन्छन् ।  तर,  प्रायः घुस लिने मात्र पक्राउ पर्ने गरेका छन् । प्रदेश १ प्रहरी तालिम केन्द्रले घुस लिने र दिने सबैलाई पक्राउ गरेको छ ।

विराटनगरस्थित प्रदेश १ प्रहरी तालिम केन्द्रमा जवानको अन्तर्वार्ता परीक्षा उत्तीर्ण गराइदिने भन्दै घुस लिने, घुस दिने ६ जना सबैलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर पौवादुङमा गाउँपालिका–  ६ का  २३ वर्षीय सूर्य राई, सोही ठाउँका २२ वर्षीय संगम राई र  १९ वर्षीय सागर राई छन् । यसैगरी  धनकुटा साँगुरीगढी गाउँपालिका– ८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई  र धनकुटा सहिद भूमि गाउँपालिका– ३ का २१ वर्षीया खापाङ राई छन् ।

पक्राउ परेका सूर्य, खापाङ र राजकुमारले प्रहरी जवान पदमा भर्ना हुन चाहने संगम, सागर र सरोजबाट अन्तर्वार्ता परीक्षामा पास गराइदिने भन्दै  घुस लिएका थिए । उनीहरू तीनैजनालाई प्रहरी जवान पदको अन्तर्वार्ता  परीक्षाका क्रममा नक्कली परीक्षार्थी बनेर सहभागी भएको आशंकामा साउन १९ गते शंका लागेपछि नियन्त्रणमा लिएको थियो ।  

पक्राउ परेका सागर राई घुस लिने नाइके भएको र खापाङ र राजकुमार सहयोगी भएको खुलेको छ । प्रहरीका अनुसार नाइके सूर्य राईले लिखित र मौखिक परीक्षामा उत्तीर्ण गराइदिने भन्दै  प्रहरीमा भर्ना हुन चाहने सागर र संगमबाट एक लाख १८ हजार अनि सरोजबाट दुई लाख रुपैयाँ घुस लिएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सूर्य राईले कुन कनेक्सनबाट घुस लिने आँट गरे भन्नेचाहिँ खुलेको छैन । घुसको कनेक्सन प्रहरीसँग छ–छैन भन्नेबारे खोजी भइरहेको तालिम केन्द्रका प्रवक्ता डिएसपी विनोद शर्माले बताए । पक्राउ परेका सबैलाई तालिम केन्द्र रानीले कानुनी कारबाहीका लागि जिल्ला प्रहरी मोरङको जिम्मा लगाएको छ । मोरङ प्रहरीले उनीहरूलाई परीक्षा ऐनअनुसार कारबाही गराउन जिल्ला प्रशासन मोरङबाट बुधबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।