१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार ०७:५४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा

Read Time : < 1 मिनेट
रासस काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार ०७:५४:००

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कांस्य पदक प्राप्त गरेको छ ।

अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कांस्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कांस्य प्राप्त गर्न सफल भएको छ । यस्तै, बेलायत १५ स्वर्ण, १८ रजत र १५ कांस्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ । अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कांस्य पदकसहित पाँचौँ स्थानमा छ ।    

यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा झरेको छ । उसले १४ स्वर्ण, २१ रजत र १८ कांस्य पदक प्राप्त गरेको छ । जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कांस्यसहित सातौँ, फ्रान्स ६ स्वर्ण, १० रजत र नौ कांस्यका साथ आठौँँ, इटली ६ स्वर्ण, नौ रजत र १६ कांस्य जित्दै नवौँ तथा नेदरल्यान्ड्स ६ स्वर्ण, आठ रजत र नौ कांस्यका साथ पदकतालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी दुई सय पाँच देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।    

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् ।