मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १९ मंगलबार १८:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज  (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १९ मंगलबार १८:००:००

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उक्त आयोग खारेज गरेको हो।  केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ९ गते गठन गरेको उक्त आयोगको अध्यक्ष देवी ज्ञवाली थिए। २०७७ माघ १५ देखि जिल्लामा समेत उक्त आयोग गठन गरिएको थियो।

भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ ख को उपदफा (६) को आधारमा उक्त आयोग गठन गरिएको थियो। उक्त आयोगले स्थापनादेखि असार मसान्तसम्म २१ करोड २७ लाख रुपैयाँ खर्च गरिसकेको छ।