मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १९ मंगलबार ०८:२०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली क्रिकेटका लागि मेरो सपना अझै बामे सर्दै छ : पारस खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १९ मंगलबार ०८:२०:००

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन्। 

‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, रोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ उनले भनेका छन्।

क्रिकेटरका रूपमा आफूले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भएर देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको उनले बताएका छन्।

‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकटको उन्नति हो, तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ,’ पारसले भनेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौँ ।’

अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै बामे सर्दै गरेको उनको भनाइ छ।

‘मैदानभित्रका यी दुई दशक, जीवन रहुन्जेल मिठो यादका रूपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौँ भन्ने विश्वास लिएको छु,’ पारसले भनेका छन्।