मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा
२०७५ फाल्गुण १० शुक्रबार १७:३१:००
Read Time : < 1 मिनेट
विश्व

पाकिस्तानमा अविरल वर्षाबाट २८ को मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७५ फाल्गुण १० शुक्रबार १७:३१:००

पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ । 

स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको सुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ । 

पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्त बलुचिस्तानममा मुख्यमन्त्री जामभ कमाल खानले सञ्चारमाध्यमलाई सो प्रान्तमा अविरल वर्षापछि आएको बाढीका कारण चार व्यक्तिको मृत्यु भएको जानकारी दिए ।

यस प्रकोपपछि उद्धार कार्यका लागि चार ओटा हेलिकोप्टरको प्रयोग गरिएको मुख्यमन्त्रीले बताए । खैबर पाख्तुनख्वा प्रान्तमा पहिरोमा परी र हिमपातको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु भएको सो विज्ञप्तिमा उल्लेख छ । 

पाकिस्तान अधिनस्थ काश्मिरमा वर्षासँगै सम्बन्धित घटनामा परेर एक बालकको मृत्यु भएको छ । हिमपात र भारी वर्षाको कारण देशका कैयौँ पहाडी इलाकामा सडकहरू तथा विद्युतीय लाइनहरू पनि अवरुद्ध भएका छन् ।