१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण १८ सोमबार १८:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश प्रमुखको पदबहाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण १८ सोमबार १८:३२:००

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । सोमबार प्रदेश सदरमुकाम पोखरामा एक विशेष कार्यक्रमबीच प्रदेश प्रमुख गुरुङले पदबहाली गरेका हुन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा रहेकी सीता पौडेललाई हटाएर पृथ्वीमान गुरुङलाई सिफारिस गरेको थियो । गण्डकीका प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङ चितवनका पुराना कांग्रेस नेता हुन् । लामो समयदेखि कांग्रेसको राजनीति गरेका गुरुङ पहिलोपटक लाभको पदमा पुगेका छन् ।