१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण १८ सोमबार १८:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखले गरे सिंहदरबारस्थित संसद् भवनको अवलोकन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण १८ सोमबार १८:०९:००

सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भएपछि अलपत्र अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद् भवनको अवलोकन गरेका हुन् । 

सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्बन्धित पक्षसँग छलफल गरी निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पुरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यका साथ आफूले अवलोकन गरेको पनि स्पष्ट पारे । 

उनले भने, ‘सम्बन्धित पक्षसँग छलफल गरेर आजैबाट यसको ऐतिहासिक तथा पुरातात्विक महत्व कायम हुने निर्माण कार्य सुरु गर्ने योजना बनाएको छु । त्यसका लागि प्राविधिकहरूसँग पनि बसेर यसको पुनर्निर्माण गर्ने कि सबलीकरण गरेर जाने भन्ने विषयमा परामर्श गरिनेछ ।’