मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १८ सोमबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा सत्तारुढ गठबन्धनको छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १८ सोमबार १७:२१:००

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा अहिले सत्तारुढ कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल चलिरहेको छ । 

छलफलमा प्रधानमन्त्री देउवा, कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । 

बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँडका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । २८ असारको सर्वोच्च अदालतको फैसलाबमोजिम २९ असारमा प्रधानमन्त्रीका रूपमा शपथ लिएका देउवाले २१ दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । 

सोमबारै बिहान बसेको सत्तारुढ कार्यदलको बैठकमा सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रम तयारी, गठबन्धन सञ्चालन कार्यविधि र मन्त्रीहरूको आचारसंहिता निर्माणबारे छलफल गरेको थियो ।