मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १० शुक्रबार १७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कार्यदल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णय दूर्भाग्यपूर्ण : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १० शुक्रबार १७:२२:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्यदल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाएका छन् ।

पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्वारा गठित कार्यदलका सदस्य समेत रहेका नेता भट्टराई सचिवालय बैठकको सो निर्णय दूर्भाग्यपूर्ण रहेको दावी गर्दै आपत्ति जनाएका हुन् ।

उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सो सम्बन्धि निर्णय विधान विपरित रहेको र त्यसले कार्य दलले काम गर्न सके/नसकेको सही समिक्षा समेत गर्न नसकेको आरोप लगाए ।

शुक्रबार अपराह्न संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्य दल विधान विपरित सचिवालय बैठकले विघटन गरेको तर्क गरे । उनले सो कार्य दललाई कार्य दलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप पनि लगाए ।

नेता भट्टराईले कार्य दललाई विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयले पार्टीको एकता प्रक्रियालाई अन्यौलमा धकेलेको र पार्टीका नेता, कार्यकर्तालाई निराश बनाएको दावी गरे । गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्य दल गठन गरेको थियो ।