मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १५:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाको बैठक सुरु, मन्त्रीको नामबारे छलफल गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १५:०१:००

सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा)को तेस्रो दिनको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ।  बिहीबार दिउँसो  तुलसीलाल अमात्य स्मृति भवनमा बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको हो । 
बिहान ११ बजेदेखि नै बैठक सुरु हुने भनिए पनि पार्टीका शीर्ष नेताहरू नआएकोले बैठक बस्न सकेन।

आज बस्ने बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिलाई पूर्णता दिने र संगठन विस्तार तथा समायोजन गर्ने विषयमा छलफल गरिने बताइएको छ।