मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १३ बुधबार १३:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेकोमा माओवादीको आपत्ति, कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १३ बुधबार १३:२७:००

नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको  हस्ताक्षर दुरुपयोगप्रति आपत्ति प्रकट गरेको छ।  माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, अध्यक्ष प्रचण्डको नक्कली हस्ताक्षर राखी सिंगो पार्टीपंक्ति, पाँचदलीय गठबन्धन र आमजनसमुदायमा समेत भ्रम सिर्जना गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालमा मन्त्रिमण्डल विस्तार सम्बन्धमा भन्दै गलत सूचना प्रवाह गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

यस किसिमका किर्ते र झुट प्रचारको भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ। प्रविधिको प्रयोग गरेर भ्रम फैलाउने तत्वलाई कडा कारबाही गर्न पनि माओवादीले माग गरेको छ।