Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १३ बुधबार ०८:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

परिसंघमा छानिए सात उपाध्यक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १३ बुधबार ०८:१३:००

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघ (सिएनआई)मा ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

परिसंघको १८औँ वार्षिक साधारणसभाले चयन गरेका ३७ जना राष्ट्रिय परिषद् सदस्यबाट ७ जना उपाध्यक्ष भएका हुन् । उपाध्यक्षहरूमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चितवन उद्योग संघका कृष्णप्रसाद अधिकारी, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल, नेपाल आदर्श निर्माण कम्पनीका सञ्चालक वीरेन्द्रकुमार पाण्डे, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह, आइएमई ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल र लक्की नेपालका रोहित गुप्ता चयन भएको परिसंघले जनाएको छ । मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले सातजना उपाध्यक्षहरूको घोषणा गरेका हुन् ।  

आकांक्षीहरू धेरै भएपछि सहमतिमा उपाध्यक्ष चयन गर्न मुस्किल भएको निवर्तमान अध्यक्ष सतिशकुमार मोरले बताए ।  उपाध्यक्षहरूको घोषणा तथा शपथग्रहण कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणी संस्थाका रूपमा उभ्याउने गरी काम गर्न नवनिर्वाचित पदाधिकारीहरूलाई आग्रह गरे । ०५९ सालमा विनोद चौधरीको नेतृत्वमा परिसंघले जन्म लिएको थियो ।

परिसंघका निवर्तमान अध्यक्ष मोरले परिसंघका सुझाबहरू नीति–निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालू आर्थिक वर्षको बजेटमा समेत महत्वपूर्ण सुझाब समावेश भएको बताए । ह्विलिङ चार्ज तिरेर विद्युत् उत्पादकबाट उद्योगले विद्युत् खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी–अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको उनको भनाइ थियो ।  

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताए । परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह, राष्ट्रिय परिषद् सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।