मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १६:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, ३,८९९ संक्रमित थपिए, २० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १६:१६:००

नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभर तीन हजार आठ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार तीन हजार चार सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघि लामो समय तीन हजारभन्दा कममा मात्र दैनिक संक्रमण देखिएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणमा दुई हजार सात  सय २६ र एन्टिजेन परीक्षणमा एक हजार एक सय ७३ जनामा संक्रमण देखिएको छ । 

यो अवधिमा १२ हजार ६ सय ५५ जनाको पिसिआर परीक्षण र चार हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

मंगलबार एक हजार सात सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

मंगलबार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार सात सय ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।