१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १०:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई ग्रुपको नेतृत्वमा डेढ अर्ब लगानीको कागज उद्योग स्थापना हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १०:५८:००

महोत्तरीको गौशाला नगरपालिका रामनगरमा १ अर्ब ५० करोड रुपैयाँको लगानीमा नयाँ कागज उद्योग स्थापनाका हुने भएको छ । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित लगानीकर्ता, उद्योगपतिले नेपाल पल्स ऐन्ड पेपर इन्डस्ट्रिज प्रालिको शिलान्यास गरेका हुन् । 

उद्योगमा अध्यक्ष ढकाल, जनकपुरको सर्राफ समूह, सुनीलगोपाल श्रेष्ठ र होमनाथ ज्ञवालीको लगानी रहेको जनाइएको छ । आइएमई समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम सुरु गर्ने जनाइएको छ । 

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने शिलान्यास कार्यक्रममा जानकारी दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा सयजनाले तत्काल रोजगार पाउने बताइएको छ । शिलान्यासपछि अध्यक्ष ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए । 

कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने उनको भनाइ थियो । नेपालमा ‘फिनिक्स प्रडक्ट’ नै दिने यस्तो खालको उद्योग पहिलोपटक स्थापना हुन लागेको ढकालले बताए ।