मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १० आइतबार १७:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर २,२३७ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १० आइतबार १७:३६:००

पछिल्लो २४ घन्टामा देशभर दुई हजार दुई सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पिसिआर परीक्षणमा एक हजार पाँच सय ३९ र एन्टिजेन परीक्षणमा ६ सय ९८ जनामा संक्रमण देखिएको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ३४ हजार सात सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

आइतबार दुई हजार ५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने १८ जना संक्रमितको मृत्यु भएको छ ।